
म्याग्दीको कुमारी सहकारी अपचलन प्रकरण: एमाले नेतासहित २५ जनाविरुद्ध मुद्दा दायर
कुमारी सहकारी अपचलन प्रकरण - म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा एक अर्ब १३ करोड रुपैयाँ अपचलन प्रकरणमा जिसस प्रमुख तथा एमाले नेता राजकुमार थापासहित २५ जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरिएको छ। गण्डकी सहकारी रजिस्ट्रार कार्यालयले प्रतिवेदन बुझाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। हाल ६ जना हिरासतमा छन् भने १८ जना फरार छन्। सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा थप अनुसन्धान भइरहेको छ।