
मेरो देशलाई प्रेम पत्र
मेरो देशलाई प्रेम पत्र -
तिमीप्रति मेरो अपार माया छ, तर जिन्दगीले तिमीबाट टाढा ल्यायो। विदेशमा भौतिक सुविधा भए पनि मन शून्य छ। तिम्रो सम्झनाले आँखा रसाउँछ, आत्मा तिम्रै काखमा फर्कन चाहन्छ। तर जिम्मेवारी पूरा गर्न संघर्षरत छु। एक दिन, ऋणमुक्त भएर, तिम्रै माटोमा पसिना बगाउनेछु। त्यो दिन टाढा छैन—म आउँछु, नेपाल!