जनयुद्धको परिभाषा के रहेछ ?

यस लेखले नेपाली जनयुद्धको वैधता र परिभाषामाथि प्रश्न उठाउँदै, न्यायालयको निर्णयप्रति असन्तोष व्यक्त गरेको छ। यसले जनताको हक र अधिकारका लागि गरिएको संघर्षलाई नकार्न नसकिने बताउँछ। १७,००० नेपाली जनताको बलिदान युद्धकै कारण भएकोले यसलाई जनयुद्ध भन्नु ऐतिहासिक सत्य हो भन्ने दाबी गरिएको छ।

यतिखेर प्यालेष्टिनी र इजराएलीहरु लडिरहेका छन्, रुसी र युक्रेनीहरु लडिरहेका छन् । ती लडाईहरु कसका हुन् ? निश्चयनै युक्रेनी र प्यालेस्टिनीका हुन् । भारतीय, नेपाली वा अरु कसैका होइनन्। अर्थात जसले हतियार उठाउँछ, युद्ध त्यसैको हो । नेपाली जनताले लडेको युद्ध, नेपाली जनताको नभए कसको हो त ? जनताले लडेको युद्ध जनयुद्ध नभए के हो त ? जनयुद्धलाई जनयुद्ध होइन भन्नु जनताको अपमान हो कि होइन ? जनताको अपमान गर्ने अधिकार न्यायालय र न्यायाधीशलाई हुन्छ कि हुदैन?

न्यायालय न्यायका लागि स्थापना भएको हो भने सत्यको विपक्षमा उभिएर जनविरोधी निर्णय गर्ने अधिकार न्यायाधीशहरुलाई कसले दियो ? कुन कानुनले भन्दोरहेछ जनयुद्ध होइन भनेर ?!! कानुनमा नभएको कुरो गर्न कुन नैतिकताले अनुमति दियो होला ?!! न्यायालयको भाषामा कुन कित्ताको मान्छेले हतियार उठाएको भए त्यो जनयुद्ध हुँदोरहेछ ?! मर्कामा परेको पंक्तिले हतियार उठाएको हो । लुटिखाने वर्गको विरुद्धमा उठाएको थियो । लुटिने पिसिने समाजको पिँधमा बस्ने जनताले हतियार उठाएको हो ।

युद्धमा १७ हजार नेपालीहरु मरे मारिए भनेर हजारचोटी फलाकिंदै छ । ती नेपालीहरु युद्धमा मरेका हुन् कि भिरबाट लडेर मरेका हुन् ? अथवा हैजाले मरेका हुन्  महामारीले होइन, युद्धमा मरेका मारिएका हुन् भने ती को हुन् ? नेपाली होइनन् ?! मारिनेहरु, लड्नेहरु नेपाली जनता थिएनन् ? युद्धमा सहादत हुने सपुतहरुलाई नेपाली जनता होइनन् भन्न पाइन्छ । नेपाली जनता थिए भने तिनले लडेको युद्ध जनयुद्ध नभएर के थियो त ? सत्र हजार सबैले झुण्डिएर आत्महत्या गरेका हुन् ? न्यायाधीशहरुको दृष्टिमा गरिब निमुखा उड्पीडित शोषित मानिसहरु जनताको कोटीमा नपर्दा पो रहेछन् कि ? संविधानको परिशिष्ट हेर्ने फुर्सद न्यायाधीशहरुलाई नभएर पो हो कि ? शब्दकोषहरु नहेरेका होलान् कि ?

हतियार उठाउनेहरु खसोखास नेपाली जनताहरु नै थिए । जनताले हतियार उठाएकै हुन् । हो, जनताको हतियार सत्ताको विरुद्ध उठेको हो । सत्तासंग लड्न तम्सनेहरुको नागरिकता खोस्नु पर्ने हो भने त ठिकै होला ! होइन, त्यसो गर्न पाइन्न भने तिनलाई जनताबाट बेदखल गर्न मिल्ला त ? जनतालाई विद्रोह गर्ने अधिकार छ भने त्यो जनयुद्ध नै थियो । कसैको आग्रहले त्यो सत्य कदापि फेरिंदैन, फेरिन सक्दैन, चाहे त्यो सर्वोच्च अदालत नै किन नहोस् । युद्धसंग असहमत हुन सकिन्छ । युद्धको लक्ष र उद्देश्यसंग विमति राख्न पाइन्छ । अनावश्यक मान्न र भन्न पनि सकिन्छ । तर युद्धलाई युद्ध होइन भन्न पाइन्न । युद्धमा सामेल हुने जनतालाई जनता होइनन भन्न पनि पाइन्न । अनि जनताले लडेको युद्धलाई जन्युद्ध होइन भन्न कसरी सकेका होलान् ???!!!!

यो पाठ नेपाली जनयुद्धको वैधता र परिभाषा माथि प्रश्न उठाउँदै न्यायालय, न्यायाधीश, र सामाजिक न्याय सम्बन्धी बहसलाई प्रस्तुत गर्दछ। यहाँ केही मुख्य बुँदाहरू छन्:

  1. जनयुद्धको परिभाषा:
    • “जनयुद्ध” त्यो युद्ध हो, जहाँ जनता स्वयं आफ्नो हक र अधिकारका लागि हतियार उठाउँछन्।
    • यश लेखको तात्पर्य भन्छ, यदि नेपाली जनताले लडेको युद्धलाई जनयुद्ध मानिएन भने त्यो अन्यायपूर्ण ठहर्छ।
  2. हतियार उठाउने वर्ग:
    • हतियार उठाउनेहरू नेपाली जनता नै थिए।
    • वर्ग संघर्षका सन्दर्भमा, यो युद्ध पीडित, शोषित, र उत्पीडित वर्गद्वारा सत्ता र लुटखाने वर्गको विरुद्ध गरिएको बताइएको छ।
  3. न्यायालयको भूमिका:
    • लेखले न्यायालय र न्यायाधीशलाई चुनौती दिँदै, युद्धलाई जनयुद्ध नभन्नु अन्याय हो भनी प्रश्न उठाएको छ।
    • कानुन र नैतिकताका आधारमा न्यायालयले जनविरोधी निर्णय गर्न नहुने दाबी गरिएको छ।
  4. मृत्युको सवाल:
    • यस लेखले प्रश्न गर्छ, १७,००० नेपाली जनताको मृत्यु युद्धकै कारण हो भने, ती नेपाली जनता होइनन् भनेर कसरी ठहर्छ?
    • यो मृत्यु युद्धकै सन्दर्भमा भएकोले, यसलाई आत्महत्या वा प्राकृतिक मृत्यु भनेर उडाउन मिल्दैन।
  5. सामाजिक दृष्टिकोण:
    • यश पाठले गरिब, शोषित, र उत्पीडित वर्गलाई “जनता” को परिभाषामा समेट्नुपर्ने माग गरेको छ।
    • जनताको हक र अधिकारको लागि लड्ने कार्यलाई नकार्न सकिन्न।
  6. युद्धको वास्तविकता:
    • युद्धको उद्देश्य र विधिलाई लिएर विमति राख्न सकिन्छ।
    • तर, युद्धलाई नै नकार्न मिल्दैन, किनभने यो ऐतिहासिक सत्य हो।

निष्कर्ष:

लेखकले यस लेखमा, जनयुद्धलाई वैधता प्रदान गर्दै, यसको ऐतिहासिक र सामाजिक महत्त्वलाई पुष्टि गर्ने प्रयास गरेको पाइन्छ। यो लेखमा लेखक न्याय, वर्ग संघर्ष, र जनता–सत्ता सम्बन्धी बहसलाई गहिराइमा लैजान प्रयास गरेको पाइन्छ ।