लामो छुट्टी [बिदा] मा विद्यार्थीले के गर्ने?

लामो छुट्टीको महत्व र यसको सदुपयोग लामो छुट्टी विद्यार्थी, अभिभावक र शिक्षक सबैका लागि आराम, पुनर्लाभ र विकासको अवसर हो। विद्यार्थीले यस समयमा आराम गर्ने, परिवारसँग समय बिताउने, सिकेका कुराहरूलाई दोहोर्याउने, नयाँ सीप सिक्ने र आफ्नो रुचिअनुसारका गतिविधिहरूमा संलग्न हुने अवसर पाउँछन्। अभिभावकले छोराछोरीसँगको सम्बन्धलाई सुदृढ बनाउने र उनीहरूलाई जीवनोपयोगी कुराहरू सिकाउने अवसर पाउँछन्। शिक्षकले पनि यस समयमा आफ्नो पठनपाठनका तरिकाहरूलाई पुनर्मूल्याङ्कन गर्ने र आगामी शिक्षणका लागि योजना बनाउने अवसर पाउँछन्।

लामो छुट्टी (विदा)मा विद्यार्थीले आराम गर्ने, चाडवाड भए मनाउने, सिकेका कुरालाई पुनरावलोकन गर्ने, अझ मजबुत गर्ने र परिवार समाजसंग समय बिताउने, जीवनोपयोगि सीप सिक्ने, घुम्ने, भेटघाट गर्ने, मनोरंजन गर्ने र फेरि विद्यालय शिक्षामा ताजगिका साथ छुट्टी पछि अझ राम्ररी नियमित सिकाईको लयमा फर्किने जस्ता कुराको आशा गरिएको हुन्छ।

छुट्टी भनेको अभिभावकको लागि छोराछोरी हेर्ने टाउको दुखाई अनि शिक्षकको लागि मस्ति र विद्यार्थीको लागि गृहकार्यको बोझ हुनु हुन्न।लामो छुट्टीमा सबैले मुख्यतःआराम गर्ने, परिवार/ आफन्तसंग समय बिताउने नै हो। नियमित सिकाई गरीरहेका हरुलाई हरेक हप्ताको अन्तमा विकएण्ड र वर्षमा २-३ पटक लामो छुट्टी (भेकेशन्)ले तनाव कम गर्न, मानसिक स्वास्थ्य सबल राख्न र अझ महत्तवपूर्ण सिकेको कुरा दिमाखमा सेट गर्न सहयोग पुर्याएको हुन्छ।

त्यसैले त, शिक्षा/ ज्ञानमा काम गर्ने शिक्षक-विद्यार्थीलाई वर्षको दुई देखि तीन पटक गरेर जम्मा जम्मी २ देखि ३ महिना विदा दिने प्रचलन संसार भरी धेरै पहिले देखि नै छ। वर्षमा जम्मा १८० देखि बढीमा २२० दिन विद्यालय (शनिवार, आइतबार, अरु छुट्टी कटाएर) लाग्ने गर्छ। युरोपमा त १६०-१७० दिन पनि छ।

छुट्टीको समयमा केही समय निकालेर शिक्षकले पुनरावलोकन गर्ने, शिक्षकबिच छलफल गर्ने, योजना बनाउने; अभिभावकले पारिवारिक वातावरण बनाउने, छोराछोरीलाई सामाजिकरण गराउने, जीवन उपयोगि कुरा सिकाउने; र विद्यार्थीले आराम, भेटघाट, मनोरन्जन, घुमाई गर्दै आंफुलाई मन लागेको सीप सिक्ने, कुनै पढाई सम्बन्धि कमजोरीलाई सुधार गर्ने र दिइएका गृहकार्य आफ्नै प्रयासले गर्ने गरे छुट्टीको सदुपयोग हुन्छ।

नेपालको हकमा केही हप्ताको विदा पछि विद्यार्थी विद्यालयमा ताजगिका साथ फर्किएको मानिएता पनि शिक्षकले हेर्दा विद्यार्थीको पढाइ र पढाइप्रतिको अभिरुचि खस्केको पाइन्छ। यस तथ्यलाई नजरअन्दाज गर्न सकिन्न। यसको मुख्य कारण हामी कतिपयले छुट्टी मनाउन नजान्नु, नसक्नु र केही पारिवारिक बाध्यताहरुले पनि हो। देश कहां छ भन्ने पनि हो।

छुट्टी र फुर्सदको समयमा प्रायः विद्यार्थीहरुले अत्याधिक फोन/ ग्याजेट चलाउने, पारिवारिक/ सामाजिक सक्रियता नहुने गरेको पनि खुबै पाइन्छ। उद्देश्य मूलक गृहकार्यले विद्यार्थीलाई सिकाई, पढाई र विद्यालयसंग जोड्ने काम गरेको हुन्छ। गृहकार्य दिंदै नदिने या एकदमै धेरै दिने भनेर दुई ध्रुवमा बस्ने भन्दा पनि लामो छुट्टीमा गृहकार्य थोरै तर कस्तो दिने भन्ने सवालमा बढी बहस हुन जरुरी छ। ठिक्कको गृहकार्य जसले पढेको/ सिकेको कुराको रिभिजन गर्ने, सिर्जनात्मक, परिवार/ समाजसंग जोड्ने, खोजी गर्ने बानीको विकास हुने गरी दिनु सदा सर्वथा उपयुक्त हुन्छ।

कक्षा १-२-३को तुलनामा कक्षा ७-८-९-१०का विद्यार्थीलाई केही मात्रामा अभ्यास र रिभिजनको लागि दिइएको गृहकार्यले सहयोग गरेका तथ्य हामी शिक्षकसंग छन्। त्यसैले, लामो छुट्टीमा गृहकार्य दिंदै नदिने भन्ने हुंदैन। एक्कोहोरो बोझ र तनाव नहुने गरी, गृहकार्यको लागि पढाई-लेखाई र बढी सार्ने मात्र काम नदिएर, कक्षातह र छुट्टीको प्रकार अनुसार शिक्षकले थोरै तथा सिर्जनात्मक र सान्दर्भिक गृहकार्य दिएको हुनु पर्दछ।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ