राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज शुक्रबार र भोलि शनिबार दुई दिन रात्रीकालीन बस यात्रा नगर्न र यातायात व्यवसायीलाई पनि बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिनसम्म भारी वर्षाको जोखिम रहेको छ। प्राधिकरणले मनसुनको सक्रियताका कारण हिमाली र पहाडी क्षेत्रहरूमा भारी वर्षा र संभावित बाढी पहिरोको उच्च जोखिम रहेको जनाएको छ।
भारी वर्षाको चेतावनी: दुई दिन रात्रीकालीन बस यात्रा नगर्न प्राधिकरणको आग्रह
भारी वर्षाको चेतावनी: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १० र ११ गते भारी वर्षाको उच्च जोखिमका कारण रात्रीकालीन बस यात्रा नगर्न र यातायात व्यवसायीलाई बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गर्दै हिमाली र पहाडी जिल्लाहरूमा बाढी र पहिरोको सम्भावना रहेको जनाएको छ।