‘बा’ लेन vs बालेन

'बा' लेन vs बालेन: बा-लेनमा हजारौं कार्यकर्ता छन् भने बालेनमा हजारौं समर्थक। सामाजिक सञ्जालमा दुई पक्षबीच विवाद चलिरहेको छ, जहाँ बालेन समर्थकले फेसबुकमा तिखा स्टाटस लेख्छन्, जबकि बा समर्थकले त्यसको प्रतिकार गर्छन्। बा र बालेन दुबै जनताको सेवामा छन्, तर समर्थकहरूले तल्लो स्तरको आलोचना गर्दा लेखकलाई असहज महसुस हुन्छ। बालेनले दोष अरूलाई थोपर्ने प्रवृत्ति देखाउँछन्, जसले उनीप्रति आलोचना बढाएको छ। लेखकले यस स्थिति प्रति निराशा व्यक्त गरेका छन् र दुवै पक्षका अन्धभक्तहरूले नेताहरूको पतनको बाटो खोल्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

‘बा’ लेन vs बालेन: बा ले बनाएको बाटो बा-लेन हो भने बलेन स्वयम् एउटा बाटो हो। बा लेनमा हजारौ कर्यकर्ता छन भने बालेनमा हजारौं समर्थक छन। राष्ट्रिय बा केपि बा र कठ्मेयर बालेन का समर्थक बिच अहिले सामाजिक संजालमा सितयुद्द चलिरहेको छ। कठ्मेयर बालेनले फेसबुक नामक मेसिन गन बाट स्टाटस नामको गोलि ठोकिरहेका छन तर बा का ढाल र बुलेटप्रूफ कार्यकर्ताहरुले सुरक्षा दिइरहेका छन।

राष्ट्रिय बा बाट राष्ट्रिय स्तरका कार्यक्रमको आशा गरिन्छ भने कठ्मेयर, बालेन बाट उही किसिमका। राजनितिज्ञका कार्यकर्ता र सेलिब्रेटिका समर्थक हुन्छन। बा र बालेन दुबैका दुबै छन। मेरो अनुभव बा लाई गलि गर्दा बाका झाडु र बालेनलाई गलि गर्दा बालेनका झाडुले हामिलाइ देश निकाला गर्न पछि पर्दैनन्। झट्ट हेर्दा देखिने स्टन्ट गर्ने नेताको भविस्य त खासै हुदैन तर राजनैतिक चेत नभएका झाडुहरुले तल्लो स्तरको आलोचना गरेको देख्दा चै झनक्क रिस उठेर आउँछ। रिस उठेर के गर्नु, अरिङ्गाललाई चलाउदा आफैलाइ हानी हुने, बरु चुपचाप बस्यो आनन्द।

बा’ चै कहिले काहीं भासणका क्रममा चुस्स दिन्छन तर बालेन चै कुनै कुरा खराव लाग्यो वा दोष लगाउनु पर्यो भने बा लाई स्टाटस हानिहाल्छन्। हुनत दुबै जनताका लागि काम गर्ने संस्था हुन तसर्थ यो तहमा झरेर बिबाद गरेको अलि अशोभनीय देखिएपनी जनताका लागि समय बिताउने मेलो बनेको छ। समर्थकहरुले अ-आफ्ना नेता बचाउने काम पाएका छन। बेनिमा मतदान गर्ने मैले बा वा बालेन कसैलाइ पनि गलि गर्नु भनेको ……जस्तै हो। कोहि कोहि समर्थ त अझै मुख्य सल्लाहकार झै फेसबुकमा लेख्छन् , यो त झन मोबाइ चलाउन नजान्ने बृद्दलाई जन्मदिन्को शुभकामना फेसबुकमा दिए जस्तो भएन र? हुन त लेखेपछि मन को शान्ती मिल्छ सायद त्यही भएर लेखिएको हुन सक्छ ।

आँखा चिम्लेर कांद थापेका दुबै लेन का समर्थकलाई बेला बेला तुरुक्क तुरुक्क चुवाएर काद चिस्याउने काम दुबैले गर्छन। गन्धलाइ पनि बास्ना सम्झने झाडुहरुलाइ त्यो चिसो पनि आनन्द लाग्ने रहेछ। बेला बेला फेसबुकमार्फन आफ्नो अपरिपक्क व्यबहार देखाइरहने बालेन लाई समर्थकको अन्धभक्तीले कतै पतनको बाटो डोर्‍याउने हो कि? स्वतन्त्र उमेद्वार र कार्यकारी ओहोदामा भएर पनि आशा अनुरुप काम नगर्नु, राम्रोको जस आफै लिनु र गलत कुराको दोष अरुको टाउकोमा थुपार्नु राजनैतिक अपरिपक्कता तथा कपटी नेताकार्यकर्ताका गुणहरु हुन। यी कुराहरु बालेनमा देखिन्छन। यति भनिसक्दा यो लेनका समर्थकले अब मलाइ गाली बर्षाउन सुरु गरिसकेका छन्। खैर केही छैन अब म बा’ लेनको गाली पनि खान तायार भएको छु।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ