
गृहकार्य नचाहिने हो त?
पछिल्लो समय गृहकार्यको विषयमा बहस भइरहेको छ। अनुभवका आधारमा, शिक्षा क्षेत्रमा द्वैध विचारले शैक्षिक जगत कमजोर भएको छ। विद्यार्थीलाई गृहकार्य नदिनु, परीक्षा नचाहिने जस्ता विषयमा बहस भइरहेको छ। तर, सिकाइ निरन्तर प्रक्रिया हो र गृहकार्यले शैक्षिक अनुशासनमा मद्दत पुर्याउँछ। सिकाइलाई समाज, विद्यालय र पाठ्यक्रमसँग जोड्न आवश्यक छ। बहसले सुधारतर्फ उन्मुख हुनु पर्छ, फगत बहसले समाधान दिन सक्दैन। बालबालिकालाई रुचि जागृत गर्ने वातावरणमा गृहकार्य दिनु राम्रो हुन्छ।