नेपाल र भारत हिन्दु बाहुल्य राष्ट्र हुन्। भारतमा करिब २९ प्रतिशत शाकाहारी र तेलंगा राज्यमा ९९ प्रतिशत शाकाहारी छन् । दुवै देशको केहि मठ मन्दिरमा पशुबलि दिने चलन छ। पशुबलि सम्भवत हिन्दु समाज भन्दा बढी इस्लाममा हुन्छ त्यति नै इशाई समाजमा पनि हुन्छ। अमेरिकामा हुने पशुपंक्षी बधको तथ्यांक हेर्ने हो भने नेपालका हिन्दूले एक वर्षभरिमा गर्ने पशु बध भन्दा १०० गुना बढी एक दिनमै हुन्छ।
अमेरिकामा प्रत्येक दिन लगभग ३–५ मिलियन भेंडा र २ मिलियन खसी बोका बाख्रा बध हुन्छन्, कुखुरा २४ मिलियन र गाइ ४ हजार प्रत्यक घण्टा बध हुन्छन् भने टर्की एकै दिन (टर्की डे) Thanks Giving मा ४५ मिलियन र क्रिसमस मा २२ मिलियन वध हुन्छ भने बर्ष मा ४०० मिलियन टर्की को मात्रै बध हुन्छ । नेपाल लगायत विश्वका अन्य देशको तथ्यांक हेरौं, प्रत्येक दिन करिब ५ बिलियन पशुपंक्षी बध हुन्छ। माछा वा समुन्द्री वा जलचरहरु बाहेक जलचरहरु ट्रिलीयन टन खाद्यान्नको रुपमा खपत हुन्छ।
नेपालको गढीमाइ मा हुने पशुबलिको विरोधमा कुनै इशाईले भारतको कोर्टमा बिरोध गर्न लगाइयो नेपाल प्रवेश (निर्यात) नगर्न भारतीय अदालतले आदेश दियो तर सीमामा बलि दिएर आफ्नो आस्था र विश्वासलाई निरन्तरता दिए । हिन्दु समाजको आस्था, संस्कार, संस्कृति सामाजिक विशिष्ठता प्रति सुनियोजित रुपमा नै आक्रमण भैराखेको छ।
हाम्रो दशैँ–तिहार अनि चाडपर्वमा भन्दा १०० गुणा बध हुने इस्लामको इद, बकरइद अनि क्रिसमसको बिरोधमा हिन्दुले बोल्दैन भने इशाईहरुलाई हिन्दु आस्थामाथि आरोप लगाउनु र विरोध गर्नु जायज हुँदैन। स्मरणरहोस्, इदमा एक्लो इन्डोनेसियामा मात्र एक दिनमा ६ लाख गाई, गोरु ३ लाख खसी–बोका, २ लाख भन्दा बढी भेंडा र ५ लाख भन्दा बढी कुखुरा–हाँस बध गरिन्छ त्यहाँ बिरोध गर्न जान कसैले हिम्मत गर्न सक्दैन तर हाम्रो समाजको सिधापन र सहनशीलतालाई कमजोरी ठानेर हमला किन गरिन्छ ?
मानवजातिको लागि आज सम्म र भोलिसम्मकोलागि पनि पशुपंक्षीको बलिदान अनिबार्य छ । कारण तपाइँ हामीले विध्वता आदर्श छाट्न जाँदा आजको युगमा पशुपंक्षीको बलिदान बिना सम्भव छैन । हामी जुत्ता, पेटी, ब्याग, पर्स ज्याकेट उलेनका पहिरन पशुपंक्षी बिना पाउन सक्दैनौ । त्यसैले पशुपंक्षी बध प्रकृतिको वा सृष्टिकर्ताको नियति भित्र नै पर्छ । सृष्टिकर्ताले प्रत्येक मानिस जन्तुलाई स्वभाब नै त्यस्तो दिएर सृष्टि गरेको हुन्छ जस्तो कि बाघ–सिंहले जंगलमा बसे पनि घास खाँदैन । गाईले मासु खाँदैन बाँदरले मासु नरिवल खाँदैन त्यसै गरि केहि मानिसहरु जन्मजात मासुलाई घृणा गर्छन्। आजको विश्वको वास्तविकता यस्तो छ कि कुल जनसंख्याको ४० प्रतिशत मानिस खाद्यान्नको अभावबाट ग्रसित छन् भने ३० प्रतिशत खाद्यान्नको आपूर्ति, मासु माछाजन्य पदार्थबाट आपूर्ति हुन्छ भने पशुपंक्षी बधको बिरोधको कुनै तुक छैन।
अर्को गम्भीर कुरो यदि पशुपंक्षी बध नहुने हो भने एकाध बर्षमै वाताबरण तहस नहस हुन्छ कारण एक बर्षमा करिब ट्रिलीयन टन भन्दा बढी माछा र समुन्द्री बस्तुको खपत हन्छ त्यो समुन्द्रमा रह्यो भने समुन्द्रको सतह बढेर के अवस्था आउला ? अनि जन्मिएका पशुपंक्षी न मारिने र खपत नगर्ने हो भने उनीहरुको संख्या बढेर मानिसले खाने अन्न समेत हाहाकार हुन्छ, घास पातको अभाब हुन् थाल्छ, जंगल र मानव वस्तीको प्राकृतिक सन्तुलन बिग्रने छ हाम्रो अर्गानिक उत्पादनको सपना पनि बन्द हुनेछ फाइदा नहुने हो भने कसले किन गाई लगायतका पशुपंछीको फार्म खोल्छ ? किन पशुपालन व्यवसाय गर्छ ? स्मरणरहोस्, अहिले १ बिलियन गरिब मानिसहरु खाना र रोजगारीको लागि पशुपंक्षी ब्यबसायमा आश्रित छन्।
सत्ता र व्यक्तिगत स्वार्थको लागि मानव बध गर्ने एउटा वर्ग हाम्रो हिन्दु समाजको पशुपंक्षी वधको परम्परालाई हिंसात्मक र निर्ममताको संज्ञा दिएर एउटा खास वर्ग, सामाजिक, आर्थिक अवस्थाको भित्रि पाटोको सुक्ष्म अध्ययन नै नगरी सतही रुपमा धर्मलाई जोडेर हाम्रो आस्था र परमपरा माथि सुनियोजित रुपमा बिरोध गर्ने गरेका छन् ।
नेपाल र भारतमा पशुपंक्षी वधको विरोध गर्ने इशाईहरुको मानसिकता देखेर त्यस बेला ताज्जुब लाग्छ जब “थरि थरिका मासुका परिकार टेबुलमा सजाएर खानु भन्दा अगाडी प्रार्थना गर्दै भन्छन् हे प्रभु यो मिठो परिकार खाना (मासु )को व्यवस्था गरि दिनु भएकोमा धन्यवाद चढाउँछु प्रभुले जुटाई दिनु भएको यो मिठो खाना खाएर स्वस्थ्य रहन सकुँ, प्रभुको प्रार्थना गर्न सकुँ आमिन “भन्दै खाने गर्दछन ।
यहाँनेर पशुपंक्षी वधको विरोध गर्नेहरु र धर्म, परम्परा प्रति आक्रमण गर्ने हरुलाई प्रश्न गर्न चाहन्छु पशुपंक्षी जिउँदै आस्थाको मुर्ति अगाडी प्राथना गर्नु र पकाएको मासुको अगाडी प्रभुले व्यवस्था गरि दिनु भएकोमा धन्यवाद भनेर खानुमा के मानसिक भिन्नता?
रह्यो अर्को सार्वजनिकरुपमा हत्या र (बध) को कुरो जुन हाम्रो सन्दर्भमा आर्थिक र सामाजिक अवस्थासित जोडिएको छ । हाम्रो देशमा केहि सानो बर्ग बाहेक मासु खान चाड पर्व नै आउनु पर्ने र बाध्यात्मक परिस्थिति छ । त्यसको लागि घर घरमा सल्टर मेसिन राख्ने कुरो पनि भएन वर्ष दिनमा वा चाडपर्वमा मासु खाने रहरको लागि पशुपंक्षी बध गर्न मेसिन राख्ने सम्भव छैन ।
इशाई, इस्लाम समाजमा जस्तो रेटेर गोलि हानेर बध गर्नु भन्दा हाम्रो जस्तो छप्काएर मार्ने चलनलाई यूरोपियनहरु नै कम पीडादायक पनि भन्ने गर्दछन् । सम्पन्न देश बाहेक अफ्रिकी इशाई मुलुकमा पनि सार्वजनिकरुपमा नै पशुपंक्षी वध गर्ने अनि हाम्रो जस्तै किलो पाउको भाग लगाएर घर घरमा लगेर रमाएर खाने चलन छ । यहि मिठो बनाएर आफन्त परिवार जमघट भै खाने अनेक बहाना नै चाडपर्ब हुन् जुन आज एउटा संस्कृति परम्परा पनि भएर निरन्तरता पाईरहेको छ । मासु खान धर्मले सिकाएको होइन प्राकृतिक आवश्यकता हो जसको बिकल्प नै छैन।
स्पष्ट र सत्य त यहि हो इशाई, इस्लाम र हिन्दु कुनै पनि धर्म र आस्थाको उदेश्य लक्ष “अहिंसा, प्रेम, शान्ति”भन्दा अर्को हुँदै होइन । तर पनि किन मानिस देखि पशुपंक्षीको वध भैराखेको छ त् यो संसारमा ? गहन र गम्भीर प्रश्न छ तर उत्तर छैन वा सहज उपलब्ध छैन । अझ गहिरिएर अध्ययन मनन गर्ने हो भने प्रत्येक आत्मामा ईश्वरको बास हुन्छ भनेर विश्वास गरिन्छ र सत्य पनि हो कारण हाम्रो शरीरको संचालन हाम्रो हातमा नै छैन हाम्रो सोच हाम्रो नियन्त्रणमा छैन यो सबको संचालक सृष्टिकर्ता नै हुन् अर्थात् मानिस भित्र इश्वर हुन्छ इश्वर कै चाहना र नियतिको खेल भित्र नै पशुपंक्षी बधलाई लिनु पर्छ।
हिन्दु धर्मले बधलाई हिंसा पाप भनेको छ बिडम्बना अहिले के भैराखेको छ भने पशुपंक्षी तिमीहरुकै (मानिस) लागि हो भनेर भन्ने परमपिता (बाइबल )का सन्तान भने त्यो कुरो लुकाएर हिन्दु आस्थाको चाडपर्व र हुने पशुपंक्षीको बधलाई अनेक आरोप लगाएर बिरोध गर्ने गर्दछन जुन आफैमा अर्को हिंसा हो किनभने आफ्नो इच्छा र सोचलाई जबरजस्ती अरुमाथि लाद्न खोज्नु पनि हिंसा अन्तर्गत पर्छ।
इशाईहरुले दैनिक मिलियन बध गर्दा जायज हुने हिन्दुहरुले चाडपर्बको बहानामा मासु खाने चलनको भने बिरोध गर्नपर्ने ? जो होचो उसैको मुखमा घोचो भनेको यहि सायद यदि होला । विदेशीले त हाम्रो आस्थामाथि आक्रमण गर्नु नै छ तर स्वयम् नेपालीहरु पनि आफ्नै आस्थाको बिरुद्ध उनीहरुको बहकावमा आएर बिरोध गर्नु बिडम्बना हो । मासु नखानेले नखाने, स्वेच्छाले तर खानेको बिरोध गर्नु अनुचित मात्र होइन मानसिक हिंसा पनि हो।
हिन्दु समाजको पशुपंक्षी बधको परम्परालाई हिंसात्मक ठान्ने इशाई समाजमा नै सबै भन्दा धेरै पशुपंक्षी बध मात्र होइन आफ्नो नीति लागु गर्न करोडौ मानिसको बध गर्ने क्रुर मानसिकता छ । यसको दाँजोमा हिन्दु समाज धेरै गुणा शान्त सहनशील छ। हिन्दू धर्मावलम्बीले अर्कोमाथि आफ्नो बिचार कहिले पनि लाद्ने गर्दैनन् । बेलाबेलामा इशाई समाजमा हुने १२ बर्ष बच्चा देखि ८७ बर्षका बृद्धबाट भएका अकल्पनीय हिंसात्मक घटना हाम्रो सामुन्ने छन् । कतिपयले तर्क गर्ने गरेका छन्, मासु नखाने हो भने अपराध कम हुन्छ भारतको तेलंगा राज्यमा ९९ प्रतिशत मानिस शाकाहारी छन् तर त्यहाँ बलात्कारको घटना दैनिक बढ्दो छ । लिखित रुपमै भारत मात्र एक शाकाहारी देश मानिन्छ जहाँ २८ प्रतिशत मानिस साकाहारी छन् । के त्यहाँ अपराध छैन ? सार्वजनिकरुपमा काटमार गर्दा हिंसालाई प्रोत्साहन दिन्छ भन्नेहरु पनि छन् अमेरिकामा जस्तो हत्या हिंसा कहाँ छ ? तर नेपालमा आर्थिक कारणले मासुजन्य उत्पादन वा खपत ज्यादै न्यून छ ।
तसर्थ नेपाल जहाँ ९१ प्रतिशत हिन्दुहरु (बुद्धिष्ट, जैन, शिख, सतनामी आदि) बस्छन्, स्वाभाविक रुपमै अहिंसा शान्ति प्रेम र सद्भावनायुक्त मानसिकता छन् । धैर्यताको सिमा नै आंकलन गर्न सकिएको छैन । यस्ता नागरिकहरुले चाडपर्बलाई रौनक दिन मिठो खानको लागि गरिने पशुपंक्षी बधको अनेक रुपमा बिरोध गर्नु, घृणाका शब्द प्रयोग गर्नु आफैमा हिंसा हो यो रोकिनु पर्छ ।
सत्यं शिवम् शुन्दरम् ।।