शास्त्र र परम्परामा पशुबलीको विवाद

शास्त्र र परम्परामा पशुबलीको विवाद: दशैँको समय पशुबलीको पक्ष र विपक्षमा उठ्ने प्रश्नहरूको चर्चा हुन्छ। सनातन परम्परामा पशुबली शास्त्र र परम्पराको हिस्सा भए पनि यसको विरोध गर्नेहरूमा मुख्यतया पश्चिमा सभ्यता, मांसाहारी, साम्यवादी तथा धर्मपरिवर्तनकारी समूहहरू छन्। संसारभर मांसभक्षीहरू धेरै छन् र शाकाहारी कम। शास्त्रले पनि मांस भक्षणलाई राजश र तामस स्वभावका रूपमा परिभाषित गरेको छ, जबकि सात्विकहरू मांस र बली दुबैबाट टाढा रहन्छन्। अतः बली र हिंसालाई रोकेर शान्ति र सत्यको बाटोमा लाग्न आग्रह गरिन्छ।

पशुबली विराेध तथा शास्त्र परम्परा

जब जब सनातनी नेपालीहरुकाे महान चाड बडादशै शुरु हुन्छ तब तब पशुबलीका वारेमा अनेकन प्रश्न उठ्दछन्। पशुवली गर्नु सहि हाे हाेईन सवै कुरा लहड, अज्ञान र परिचालनका आधारमा समर्थन र विराेध भै रहन्छ। यहाँनेर पशुबली गर्नु वा पशुलाई मारकाट गर्नु जस्ता प्रश्नका आधारवाट मात्र विश्लेषण गर्नु उचित हुन्छ। यहाँ शास्त्रका पक्ष र तर्कलाई सामान्य तरिकाले मुल्याँकन गरिन खाेजिएको पाइन्छ तर शास्त्रको महानतालाई पनि कहिल्यै उपेक्षा गर्नुहुदैन किन भने सबै धर्मको सार भनेकै अहिंसा र शान्ती हो। परोपकार र प्राणी रक्षा सबै धर्मको मुल मन्त्र हुन।

सर्वप्रथम चाड पर्वमा भैरहेका पशुबलीकाे बिराेध मांस भक्षी, मांसलाेलुप तथा सनातनधर्म वाहिरका अनन्याय वर्ग, त्यसैगरी पश्चिमा मतका अनुयायी र ईशाईकुलका उत्पादन, साम्यवादि र समाजवादी भनिने म्लेच्छ मतवादका अनुयायी र उनिहरूका छद्मभेषि अनुचर, म्लेच्छ देशमा बसाेवास गरेर वा आर्यावर्तमा वसाेवास गरेर सनातन धर्म सभ्यताकाे द्राेह गर्ने पाखण्डि आदि कसैलाईपनि बलीकाे विराेधकाे अधिकार रहदैन। किनकि उनिहरु एक मांस भक्षि हुन दा्स्राे कुरा उनीहरु सनातन मानविन्दुका विराेधि र भक्षक हुन। बलिको अर्थ हत्या होइन।

त्यसैषरी पशुबलि शनातनी र हिन्दूहरुकाे मात्र पनि हाेईन। अन्य पन्थ र सम्प्रदायमा पनि याे प्रथा व्याप्त रहेकाे अवस्थामा मास भक्षणकाे प्रकृतिसंग नै पशुबलि जाेडिएकाे स्पष्ट छ। संसारमा मांस भक्षण गर्ने समुदाय र नगर्ने समुदायकाे पहिचान संख्या हेरेर के भन्न सकिन्छ भने मांस भक्षि नै संसारमा धेरै छन। आम रुपमा शुद्ध शाकाहारी मानिस परिवार, समाज र देश भेट्न कठिन भएकै कारण व्यक्तिगत रूपमा मात्र र परिवार गत रुपमा मात्र पहिचान गर्न सकिने अवस्था छ। पशुबलि संग संगै संसारभर दैनिक कति जीव जनावर पशु पंक्षिकाे हत्या हुन्छ याे वारेमा पनि विश्लेषण हुन जरुरी छ।

हामी सर्वप्रथम वाणी प्रक्षेपण गर्दा आफ्नाे धरातल, मानविन्दू र व्यवहार हेरेर र त्यसकाे कसिमा पहिला आँफुुलाई जाँच गरेर मात्र वाणि, वचन र कलमकाे प्रयाेग गर्नु उचित हुनेछ। अहिले नेपालीका चाड पर्वमा पशुबलिकाे विराेध डलर तथा म्लेच्छवाद वाट विकास भएकाे छ। अफुहरुले गाई र सुँगुर भक्षण गरि अरुका पर्वलाई हाेच्याउने, मानमर्दन गर्ने, अपमान गर्ने धर्मपरिवर्तन गराउने निहित कुविचार पालेका जमातहरु परम्परा र प्रकृति नजानि शास्त्र अध्यन नगरी र वास्तविकता नवुझि वर्वराउन थालेका छन्।

त्रिविधा भवति श्रद्धा, देहिनां सा स्वभावजा।

-गिता

अथवा मानिसकाे ३ प्रकारकाे स्वभाव हुन्छ। पहिलाे सात्विक द्राेस्राे राजस तेस्राे तामस। मांस भक्षण सात्विक वाहेक राजश र तामश स्वभाव भएकाहरु वा परम्परागत रुपमा मांसमा मति, गति र प्रवृति भएका हरु राजशिहरुकाे लक्षण हाे। गीताकाे उपदेश अनुसार सात्विक स्वभाव संस्कार र उपाशना पद्दति भएका हरुले मांसभक्षण पनि गर्दैनन र पशुवलि वा मारकाट पनि गर्दैनन। त्यस हिसावले अन्य मानिसहरसलाई सात्विक मार्गमा आउन र साे मार्ग न‌ै उच्चतम गति हाे भनेर भन्नेले मात्र पशुबलि नगर्ने शास्त्र र धर्मकाे उपदेश दिन उपयुक्त हुन्छ। पेटमा मांस वाेकेर वचनले पशुवलिकाे विराेध गर्नु याे भ्रम सिवाय अरु केही हाेईन।

दशैमा पशुवलि दिने कतिपय प्रथा, परम्परा र ज्ञान अज्ञानवस त्यसमा रमाउने, खुसि हुने, मासु भनेपछि पुलकित हुँदै मुख मिठ्याउने वर्गले पशुबलि दियाे भनेर चिच्याउनुकाे अर्थ रहदैन।किनकि संसारमा मांस भक्षि धेरै र शाकाहारी कम छन। त्यसैले हामी सत्य न्याय र धर्मकाे पक्षमा वकालत गर्दा एकल वा सानाे समुहमा रहेर गर्नु पर्छ। त्यसैले संसारमा राम्राे कम नराम्राे प्रथा र चला वढी छ। त्यसैले परापूर्व कालदेखि चलिरहेकाे बलि प्रथालाई मांसभक्षि र विधर्मिले विराेध गर्नु सहि हाेईन। अर्काे कुरा पुर्वकालदेखि शाकाहार सहित सात्विक पूजा र संस्कारपनि चलिरहेकाे कारण, विद्वान, धार्मिक तथा उच्च चेतनावान मानव र समाज पशु हत्याकाे पक्षमा रहेकाे पाईदैन। त्यसैले अहिंसा परमाेधर्म भनिएकाे पनि हाे। मानिसले सधैउच्च गति मति र प्रवृति देखाउन सके मात्र देवी मन्दीरका अगाडि पशुवध बन्द हुन्छ अन्याय संभव छैन। त्यसैले सात्विक महानुभावहरुले मात्र अरुलाई हिंशा रहित रहन र शिक्षा दिन संभव हुने कारण जघन्य र पापाचार युक्त पशुवध सहि हाेईन भनेर वुझाउन संभव हुन्छ।

बली शब्दलाई उपनिषद वचनले प्रदान गर्नु रक्षा गर्नु भन्ने अर्थ लगाएकाे छ र सत्य त्यहि हाे। बध र बलि अलग अलग शब्द र अर्थ वाेकेका शब्द हुन। पशुवध गर्ने लगायत ८ काममा संलग्नलाई दाेष लाग्ने र मांश सब्दकाे निरुपण मनुस्मृतिमा पनि भएकाे कारण हामी पहिला स्वधर्ममा रहाै र यहिवाट नै संस्कारित हुन सिकाै, तब मात्र हामी सहि ठहरिन सक्छाै। अन्यथा अरुका बुद्दिमा लागेर आफ्नै खुट्टामा वञ्चराे हान्नु जस्ताे हुन्छ। त्यसैले स्वधर्म, स्वकर्म र आत्मवाेध, माया, सद्भावना सहित सत्य न्यायकाे वाटाेमा हिँड्न सकिन्छ। एक हातमा शान्ति र अर्काे हातमा रक्तकाे कल्पना कहिल्यै संभव छैन।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ