विद्यार्थीलाई अत्यधिक गृहकार्य दिनु एक मनोवैज्ञानिक कुपोषण हो

वर्तमानमा, विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा ल्याउनुपर्ने र कहिल्यै गल्ती नगर्नुपर्ने र अत्यधिक गृहकार्य को दबाब छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। विद्यालय, शिक्षक, र अभिभावकले विद्यार्थीहरूको मानसिकता संग खेलिरहेका छन्, जसले अत्यधिक शैक्षिक दबाब सिर्जना गरिरहेको छ। विद्यार्थीहरू गृहकार्यको बोझले थकान, तनाव, र अनिद्राको शिकार हुन्छन्। यसले उनीहरूको आत्मविश्वासमा कमी ल्याउँछ र कमजोर महसुस गराउँछ। शैक्षिक दबाबलाई सकारात्मक रूपमा व्यवस्थापन गर्नु आवश्यक छ ताकि विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा असर नपरोस्।

अहिलेका विद्यार्थीहरूलाई आफ्नो घर, समाज र इस्ट्रमित्रबात सधैँ उत्कृष्ट हुनुपर्ने मानोबैज्ञानिक दबाब  सिर्जना गर्ने गरिएको छ । जसले गर्दा शिक्षक ले अत्यधिक गृहकार्य को दवाव थोपर्छन र अभिभावक पनि यसमै खुसि हुन्छन। राम्रो नतिजा ल्याउनुपर्ने, कहिल्यै गल्ती गर्न नहुने र राम्रो कलेजमा भर्ना हुनुपर्ने दबाबमा उनीहरू छन्। नतिजा राम्रो ल्याउनकै लागि बिद्यालय, शिक्षक तथा अभिभावक विद्यार्थीको मानशिकतासंग खेलिरहेका हुन्छन, के यो सहि छ त, कति हदसम्म र कहिले सम्म? केही सकारात्मक दबाबले काम गर्न उत्प्रेरित गर्न सक्छ तर अत्यधिक दबाबले विद्यार्थीको मानसिक स्वास्थ्यमा असर पार्ने कुरा अझ पनि किन नबुझ्ने? । बिद्यालयमा ६ देखि ११ घण्टा सम्म अध्ययन गर्ने विद्यार्थीले हरेक बिसयको गृहकार्य लिएर घर पुगेको हुन्छ। एक बिसय अध्यापन गर्ने शिक्षकका लागि विद्यार्थीलाइ दिइने गृहकर्य अति न्युन लाग्न सक्छ तर सोच्नुहोस त ७ बिसयमा ५ – ५ वटा प्रश्नमात्रै पाउदा पनि ३५ वटा प्रश्नको गृहकार्य गर्न उक्त विद्यार्थीलाइ कति समय लाग्ला ? शिक्षाप्रणालिले पनि विद्यार्थीलाइ अचानो जस्तै बनाइदिएको छ; सबैको चोट खेप्नुपर्ने। न त अभिभावकले बुझिदिने न त शिक्षकले नै। 

गृहकार्यले मानशिक दवाव शिर्जना गर्ने भनेको पढाइमा जो लगनशील छ उसैलाई मात्र हो नत्र त मेरो १५ वर्ष जतिको अनुभवमा पढाइमा खाशै रुचि नराख्ने मध्यम स्तरका बालबालिका सजिलै यस्ता कुराहरुबाट उम्किन्छन। कहिले कपि बिर्शे सर, कहिले जानिन सर, कहिले के, कहिले के। कहिले काही त शिक्षकले गृहकार्य नगरेबापत एक दुइ झापड उपहार पनि दिने रहेछन।  त्यो अत्यधिक शैक्षिक दवाव झेल्नु भन्दा बालबालिकाललाई झापड उपहार सहि लाग्ने रहेछ।  तर सोच्नुस त त्यो कलिलो मनाशिकताले के सिक्ला ? अनुशाशित र अब्बल बिद्यार्थी कुनै कारणबस गृहकार्य समयमा सक्न पाएन भने उसको दिमागमा साथीले पाएको झापड वा गालीका शब्दले त्यो विद्यार्थीको दिमागमा कत्रो घर बनाउला ? विद्यार्थीहरूलाई यस्तै यस्तै धेरै कुराहरुकोको चिन्ता हुन्छ । राम्रो नतिजा ल्याउने, धेरै गृहकार्य गर्ने, अभिभावक र शिक्षकलाई खुसी पार्ने र साथीहरूसँग तालमेल मिलाउने । यस्तो अवस्थामा विद्यार्थीहरू तनाव, चिन्ता र डिप्रेशनको सिकार हुन सक्छन् । यस्तो महसुस हुन सक्छ कि उनीहरूको दिमागले धेरै कुरा थेग्न सकेको छैन ।

अत्यधिक शैक्षिक दबाबले [Academic Pressure] विद्यार्थीहरूमा निम्न समस्याहरु देखिन सक्छन्:

सधैँ चिन्ता र डर लागिरहने

अत्यधिक शैक्षिक दबाबले विद्यार्थीहरूलाई सधैँ चिन्ता र डरको भावना महसुस गर्न बाध्य बनाउँछ। उनीहरूलाई प्रत्येक परीक्षा, गृहकार्य वा प्रोजेक्टको बारेमा चिन्ता लाग्न सक्छ। उदाहरणको लागि, एउटा विद्यार्थीले धेरै महत्त्वपूर्ण परीक्षा दिनुपरेको समयमा लगातार चिन्ता र डरको सामना गर्नुपर्छ, जसले गर्दा उसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ। यस प्रकारको दबाबले विद्यार्थीहरूलाई आत्म-संयम गुमाउन र उनीहरूको आत्मविश्वासमा ह्रास आउन सक्छ।

विद्यार्थीहरूले सधैं तनावग्रस्त महसुस गर्नाले उनीहरूको दैनिक जीवनमा अन्य क्रियाकलापहरूमा ध्यान दिन गाह्रो हुन्छ। उनीहरू खेलकुद, संगीत वा सामाजिक गतिविधिहरूमा संलग्न हुन सक्दैनन्, जसले उनीहरूको मानसिक स्वास्थ्यमा अझ नकारात्मक प्रभाव पार्न सक्छ। उदाहरणको लागि, एक विद्यार्थीले अत्यधिक अध्ययनको दबाबले गर्दा साथीहरूसँग समय बिताउन वा मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिन पाउँदैन भने, उसमा चिन्ता र डरको स्तर बढ्न सक्छ।

यस्तो अवस्थामा, विद्यार्थीहरूलाई उनीहरूको भावनात्मक स्थिति र मानसिक स्वास्थ्यको ख्याल गर्न आवश्यक छ। शिक्षकहरू र अभिभावकहरूले उनीहरूको शैक्षिक दबाबलाई कम गर्न प्रयास गर्नुपर्छ र विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। उदाहरणको लागि, एक अभिभावकले आफ्नो छोरालाई परीक्षा पूर्वको तयारीको समयमा आरामको महत्व बुझाएर उसको तनावलाई कम गर्न मद्दत गर्न सक्छ।

राम्रोसँग निन्द्रा नलाग्ने

अत्यधिक शैक्षिक दबाबले विद्यार्थीहरूमा अनिद्राको समस्या देखा पर्नुका साथै निद्राको गुणस्तरमा गम्भीर असर पार्न सक्छ। अत्यधिक गृहकार्य, परीक्षा तयारी, र परियोजना पूरा गर्नको लागि रातभर जाग्नु पर्ने अवस्थाले उनीहरूको सुत्ने तालिकामा अवरोध पुर्याउँछ। सुत्ने तालिकामा गडबडी हुदा उनीहरु न त कक्षाकोठामा ध्यान केन्द्रित गर्न सक्छन न त गृहकार्य मा गुणस्तर देखिन्छ। मानशिक स्व्यास्थ्यकालागि आराम अनिवार्य छ, जसले शरीरका हरेक अंग संगसंगै दिमागलाइ पनि पुनर्ताजगी दिन्छ। निन्द्राको अभावले विद्यार्थीहरूको मानशिक स्वास्थ्यमा गम्भीर समस्या देखिदै जान्छ।  उनीहरू थकित महसुस गर्ने, एकाग्रतामा कमि हुने साथै स्मरण शक्ति कमजोर हुदैजाने हुन्छ र पढेको कुरा सम्झना नसक्दा यसले अझै तनाव सिर्जना गर्नसक्ने जोखिम रहन्छ। 

विद्यार्थीहरूको निन्द्राको गुणस्तर सुधार्नको लागि शिक्षक र अभिभावकहरूले उनीहरूको सुत्ने तालिकामा ध्यान दिन आवश्यक छ। उनीहरूलाई समयमा सुत्न जाने र पर्याप्त आरामको महत्व बुझाउनुपर्छ। शिक्षकले विद्यार्थीहरूलाई दिने गृहकार्यको मात्रा कम गर्ने वा सामान्य क्रियाकलप हरुलाई गृहकार्यहरु संग जोड्ने आदि गर्न  सक्छन् र अभिभावकहरूले पनि बालबालिकाहरुलाई सुत्न जाने समयमा ध्यान दिने तथा मोबाइल, या अन्य अनुत्पादक क्रियाकलापमा खेर जाने समयलाई आराम गर्न प्रेरित गर्न सक्छन्।

थकान र कमजोरी महसुस हुने

शैक्षिक दबाबले विद्यार्थीहरूलाई लगातार थकान र कमजोरी महसुस गराउने गर्दछ। अत्यधिक अध्ययन, गृहकार्य, र परीक्षाको तयारीले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। उदाहरणको लागि, एक विद्यार्थीले लगातार परीक्षा तयारी गर्दा वा अत्यधिक समय गृहकार्यमा बिताउदा उ मानशिक रुपमा थकित महसुस गर्छ, मानशिक रुपमा थाकेको शरीरमा फुर्ति आउदैन जसले गर्दा शारीरिक रूपमा पनि थकित महसुस गर्न थाल्दछ र शारीरिक शक्ति कमजोर हुन जान्छ। पढाइ बिग्र्रने डरले विद्यार्थी अन्य शारीरिक ब्यायाम र मनोरंजनमा त्यति मन गर्दैनन् जसको फलास्वरुप मानशिक र शारीरिक स्व्यास्थ्य बिग्रिदै जान्छ।

थकान र कमजोरीले विद्यार्थीहरूको अध्ययन क्षमतामा पनि असर पारेको हुन्छ। उनीहरूलाइ आवस्यक बिषयबस्तुमा ध्यान केन्द्रित गर्न गाह्रो महसुस हुन्छ र उनीहरूको प्रदर्शनमा कमी आउन सक्छ। विद्यार्थीले थकित महसुस गर्दा कक्षा गतिविधिमा सक्रिय सहभागिता जनाउन सक्दैन र शक्रिय सहभागिता बिनाको शिकाई दिर्घकालिन हुदैन। थकान र कमजोरीको समस्यालाई समाधान गर्न शिक्षक र अभिभावकहरूले विद्यार्थीहरूलाई नियमित आरामको महत्व बुझाउनुपर्छ। उनीहरूलाई नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, र पर्याप्त सुत्ने व्यवस्थाको बारेमा जानकारी दिनुपर्छ। 

पेट दुख्ने वा टाउको दुख्ने

अत्यधिक शैक्षिक दबाबले विद्यार्थीहरूको शारीरिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा उनीहरूलाई पेट दुख्ने वा टाउको दुख्ने समस्या देखा पर्न सक्छ। लगातारको मानसिक तनाव र चिन्ताले शारीरिक लक्षणहरू निम्त्याउँछ। उदाहरणको लागि, एक विद्यार्थीले परीक्षा तयारीको क्रममा अत्यधिक दबाबको कारण पेट दुखाइको समस्या अनुभव गर्न सक्छ।

विद्यार्थीहरूको शारीरिक स्वास्थ्यमा देखा पर्ने समस्याहरूले उनीहरूको दैनिक जीवनमा बाधा पुर्याउँछ। उनीहरूले स्कुल जान, कक्षा गतिविधिहरूमा भाग लिन, र अन्य शैक्षिक कार्यहरूमा ध्यान दिन गाह्रो महसुस गर्न सक्छन्। उदाहरणको लागि, एक विद्यार्थीले लगातार टाउको दुख्दा कक्षा अवधिमा ध्यान दिन गाह्रो हुन्छ र उसको शिक्षामा नकारात्मक प्रभाव पर्छ।

यस समस्याको समाधानको लागि विद्यार्थीहरूको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। नियमित विश्राम, स्वस्थ आहार, र व्यायामले उनीहरूको स्वास्थ्यलाई सुधार गर्न मद्दत गर्न सक्छ। शिक्षक र अभिभावकहरूले विद्यार्थीहरूको स्वास्थ्य समस्याहरूलाई बुझ्न र समाधान गर्नका लागि सहयोग गर्नुपर्छ। उदाहरणको लागि, शिक्षकले विद्यार्थीहरूको शैक्षिक कार्यक्रमलाई संतुलित बनाउन सक्छन् र अभिभावकहरूले बच्चाहरूको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ।

आफूलाई कमजोर ठान्ने

शैक्षिक दबाबले विद्यार्थीहरूको आत्म-धारणा र आत्म-संयममा नकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा उनीहरूले आफूलाई कमजोर र अयोग्य ठान्न सक्छन्। यो भावना उनीहरूको आत्मविश्वासमा कमी ल्याउँछ र उनीहरूको शैक्षिक प्रदर्शनमा नकारात्मक प्रभाव पार्न सक्छ। उदाहरणको लागि, एक विद्यार्थीले लगातार असफलताको डरमा आफूलाई कमजोर महसुस गर्न सक्छन्, अभिभावक संग डराउने, खुलेर कुरा नगर्ने, चिन्तित जस्तो देखिने यसका लक्षणहरु हुन। 

आफूलाई कमजोर ठान्ने भावनाले विद्यार्थीहरूको आत्म-संयम र आत्म-सम्मानमा गम्भीर असर पार्न सक्छ। उनीहरूले आफूलाई अरूसँग तुलना गर्न सक्छन् र आफूलाई सधैं कमजोर र अयोग्य महसुस गर्न सक्छन्। उदाहरणको लागि, एक विद्यार्थीले अरू साथीहरूको राम्रो प्रदर्शन देखेर आफूलाई कमजोर ठान्न सक्छ र त्यसको कारणले उसको आत्म-संयममा कमी आउन सक्छ। उक्त समयमा अभिभावक तथा शिक्षक उसका सबल पक्षहरुको बारेमा कुरा गरिदिनुपर्छ।  यसको मतलव सधैं उनीहरुका कमजोरी ढाकछोप गर्ने भनेको होइन, उपयुक्त समय मिलाएर उक्त कुरामा सचेत गराउनु पनि अतिआवस्यक हुन्छ।

यस समस्याको समाधानको लागि शिक्षक र अभिभावकहरूले विद्यार्थीहरूको आत्म-संयम बढाउन र उनीहरूको आत्मविश्वासलाई प्रोत्साहित गर्नुपर्छ। सकारात्मक प्रोत्साहन, समर्थन, र मार्गदर्शनले विद्यार्थीहरूको आत्म-संयमलाई बढाउन मद्दत गर्न सक्छ। उदाहरणको लागि, शिक्षकले विद्यार्थीहरूको साना सफलताहरूको प्रशंसा गर्न सक्छन् र अभिभावकहरूले बालबालिकाहरूलाई उनीहरूको क्षमतामा विश्वास गर्न अनि साना भएपनि उपलब्धिहरुलाई प्रोत्साहित गर्नुपर्छ। यस्ता समस्याबाट बच्न विद्यार्थीले निम्नानुसारका केही उपायहरू अपनाउन र अभिभावकले सोहीअनुसार सहकार्य गर्न तथा सुझाउन सकिन्छ । 

जस्तै: 

  • आफूलाई भइरहेको समस्याका बारेमा अभिभावक, शिक्षक वा साथीहरूसँग कुरा गर्ने ।
  • सकारात्मक पक्षलाइ चिन्तन गर्ने। 
  • नतिजाभन्दा सिकाइमा ध्यान दिने ।
  • ब्रेक लिने र मनोरञ्जन गर्ने, जस्तै रमाइला कुराकानी, सामूहिक गेम आदि ।
  • पढाइसँगै अन्य गतिविधिमा पनि समय दिने ।
  • प्रशस्त पानि पिउने र छोटो व्यायाम तथा ध्यान गर्ने। 
  • स्वस्थकर खाना खाने। जंकफूड नखाने। 

तपाईंको मानसिक स्वास्थ्य पनि राम्रो नतिजा जत्तिकै महत्त्वपूर्ण छ । यदि तपाईंलाई धेरै दबाब महसुस भएको छ भने सहयोग लिन नहिचकिचाउनुहोस् । तपाईंलाई माया गर्ने र सफलताको कामना गर्ने मानिसहरू तपाईंसँग छन् ।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ