छक्कापन्जा–५ र ज्वाइँसाब, दीपकराज गिरी र जितु नेपाल रुम मिलाएर कुरा गर्नुहोस्

दीपकराज गिरीको ‘छक्कापन्जा–५’ र जितु नेपालको ‘ज्वाइँसाब’ एकै दिन प्रदर्शन हुँदैछन्, जसले दर्शकलाई दुविधामा पारेको छ। दीपक र जितुको आपसी भिडन्तले दर्शकलाई कस्तो चलचित्र रोज्ने भन्ने कठिनाइ थपेको छ। दुवैले मिलेर फिल्म बनाएको भए चलचित्र प्रदर्शन मितिका लागि रुम मिलाएर कुरा गरको भए दशैंमा दर्शकका लागि सजिलो हुने थियो।

हुन त यो त्यति ठुलो कुरा हैन तर के गर्नु, छक्कापन्जा–५ र ज्वाइँसाब मेरो मतलव, दीपकराज गिरी र जितु नेपाल भनेका मेरा प्रिय कलाकार, मेरा दाइहरु र देशका गहना हुनुहुन्छ। दुबैजनाले मेरो लागि भनेर रमाइला चलचित्र निर्माण गरिरहनु भएको छ। दीपक दाइको ‘छक्कापन्जा-५’ र जितु दाइको ‘ज्वाइँसाब’। यस वर्ष दशैंमा मैले एउटा मात्रै चलचित्र हेर्ने बाचा गरेको छु, किनकि समय र पैसाको कमी छ। अब मेरो सानो चाहना के भने, दीपक र जितु दाइ मिलेर एउटा फिल्म तिहारका लागि हेरौं भन्ने वातावरण मिलाइदिनुभयो भने मेरो चाहना पूरा हुन्थ्यो त्यसैले तपाइहरु रुम मिलाएर कुरा गर्नुहोस्।

तपाईंहरूको आपसी कुरा कति तलमाथि छ मलाई खासै थाहा छैन तर एउटै विधाका दुई समूह फुट्दा चाहिँ दर्शक भने दुविधामा परेका छन्। आखिरमा, तपाईंहरूको फिल्म चलाउनु त दर्शककै जिम्मा हो। त्यसैले, कृपया तपाईंहरूको आपसी कुरा मिलाएर हामीलाई सजिलो बनाइदिनुहोस्। हामी त तपाईंहरूको फिल्म हेर्न तयार छौं, अब तपाईंहरूको मिलन मात्रै बाँकी छ!

एकातिर दीपक दाइले केदार घिमिरे र निर्मल शर्माजस्ता हास्य कलाकारलाई लिएर कमेडीको अर्को लेभलमा पुर्याउनु भएको छ भने अर्कोतिर जितु दाइले बुद्धि तामाङ र हिमेश पन्तलाई लिएर ‘ज्वाइँसाब’ को रमाइलो महफिल जमाउनु भएको छ। दुबै फिल्म एकै दिन प्रदर्शन हुँदैछन्। यो त तपाईंहरूको व्यावसायिक भिडन्त नभएर मेरो लागि कुन चलचित्र रोजौं भन्ने कठिनाई ठुलो भो।

छक्कापन्जा–५ को ‘बिहे भाको छैन’ गीत

छक्कापन्जा–५ को ‘बिहे भाको छैन’ गीत सोमबार सार्वजनिक भयो, जसमा दीपक दाइ र वर्षा शिवाकोटीले प्रेमकथाको किस्सा रच्ने प्रयास गरेका छन्। उता जितु दाइ पनि के कम! ज्वाइँसाबको पोस्टर मङ्गलबार सार्वजनिक गर्दै आफ्नो उपस्थिति धमाकेदार पाराले देखाइदिएका छन्। दीपक र दीपाश्रीको सुपरहिट फर्मुला छक्कापन्जा–५ मा नाचगानदेखि एक्सनसम्म कसरत पुर्याइएको छ। उता ज्वाइँसाबमा पनि नीतिको साथमा जितु दाइको प्रमुख भूमिकाले दर्शकलाई हँसाउने सोच राखेको छ।

Jwai sab 1723530902

दीपक दाइले त सीधा भन्नु भएछ, “हामीसँग भिड्न आउनुले केही तुक राख्दैन। महाभारतमा त ठुलाबाउ र काकाबाउ नै लडेका थिए, यहाँ त साथीभाइ भिड्दै छौं।” राम्रो चाल हो है दीपक दाइ, फिल्म चलाउनु भन्दा पहिला महाभारतको दृष्टान्त दिएर मैदानी झगडा गर्ने ठाउँ नै बाँकी नराख्ने। ज्वाइँसाबका निर्देशक वसन्त निरौलाको तर्क चाहिँ अझ रमाइलो छ, “हामी कहाँ छक्कापन्जा जत्रो ब्रान्डसँग भिड्न सक्छौं र? दसैंमा नभए त एक वर्षसम्म मिति पाउनै मुस्किल।” हो कि हैन! हाम्रा ज्वाइँले त झन् मितिको लडाईंमा खुकुरी निकालिहाल्ने भएका छन्।

यसरी, दीपक–जितु यतिखेर दर्शकको लागि चलचित्रमार्फत “कर्म गर्ने हो” भन्ने सन्देश दिइरहेका छन्। तर, हामी दर्शक भने ठुलो प्रश्नमा अल्झिएका छौं— यसपटक दशैंमा ठुलाबाउको जित होला कि ज्वाइँको? टाँसो राखौंला है!

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ